मत्ती अध्याय २५को सिक्काको दृष्टान्तमा, मालिकले नोकरहरूलाई
पाएको सिक्काबाट व्यापार गर्न भनेजस्तै, हामीले पनि परमेश्वरबाट पाएको
नयाँ करारको सुसमाचार सारा संसारमा लगनशीलताका साथ सुनाउनुपर्छ ।
एक सिक्का पाएर जमिनमा लुकाइराखेको मानिसजस्तो नभईकन सबै शङ्का
र हिचकिचाहटलाई पन्छाएर विश्वासको आँखाद्वारा सुसमाचार प्रचार गर्दा,
हामीले परमेश्वरका चमत्कारहरू अनुभव गर्न सक्छौं ।
पवित्र आत्माको शक्तिद्वारा हरेक दिन “येशू नै ख्रीष्ट हुनुहुन्छ’ भनी प्रचार गरेका प्रेरितहरूजस्तै,
पवित्र आत्माको युगमा पहिलो आगमनमा भन्दा सात गुणा बढी पवित्र आत्मा दिनुहुने
परमेश्वरको प्रतिज्ञामा विश्वास गर्दै, उनीहरूले आन साङ होङज्यू र माता परमेश्वरको
मुक्तिको खबर सारा संसारमा परिश्रमका साथ प्रचार गर्नुपर्छ ।
पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति
येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ । ...
यस दुष्ट पुस्ताबाट तिमीहरूले आफैलाई बचाओ ।” तब जस-जसले उनको कुरा ग्रहण गरे
तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्यामा थपिए ।
प्रेरित २:३८-४१
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति