N
तुरहीको चाड र पश्चात्तापको कार्य
पुरानो करार र नयाँ करार दुवै समयमा मानवजातिलाई पश्चात्ताप गर्न लगाउने तुरहीको चाड
परमेश्वरले मूर्तिपूजामा फसेका इस्राएलीहरूको पाप क्षमा गरिदिनुभएर दोस्रो पल्ट दश आज्ञा दिनुभएको दिन अर्थात् प्रायश्चितको दिन याद गराउनको निम्ति पवित्र पात्रोअनुसार सातौँ महिनाको पहिलो दिनलाई ‘तुरहीको चाड’को रूपमा तोकिदिनुभयो । अनि तुरहीको चाडमा पश्चात्ताप गराउनको निम्ति तुरही फुकिएजस्तै, येशूज्यूले पनि यस पृथ्वीमा आउनुभएर “पश्चात्ताप गर” भन्नुहुँदै मानवजातिलाई पश्चात्ताप गर्न आग्रह गर्नुभयो ।
विगतका आफ्ना सबै पापहरूप्रति पश्चात्ताप गर्दै परमेश्वरतिर फर्कनु नै ‘पश्चात्ताप’ गर्नु हो ।
उडाउ पुत्रको दृष्टान्त र योनाले निनवेका १,२०,००० जनालाई मुक्तिमा डोऱ्याएको इतिहासद्वारा पश्चात्ताप गर्ने कार्यपछि परमेश्वरको महान् आशिष् तयार परिन्छ भन्ने स्पष्ट हुन्छ । वर्तमान समयमा योनाजस्तै हामीले पनि संसारतरि ध्यान र मन केन्द्रित गरेको कुराप्रति पश्चात्ताप गर्नुपर्छ, अनि सारा संसारलाई आन साङ होङज्यू र माता परमेश्वरतर्फ फर्काउन तुरही फुक्नुपर्छ ।
“इस्राएलीहरूलाई भन्: ‘सातौँ महिनाको पहिलो दिनमा तिमीहरूका निम्ति विशेष विश्रामको दिन होस् । त्यस दिन सम्झनाको लागि तुरही फुकेर पवित्र सभा राखिओस् ।
लेवी २३:२४
“यसकारण हे इस्राएलका घराना, म तिमीहरू हरेकको न्याय त्यसको चालअनुसार गर्नेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ । पश्चात्ताप गर, आफ्ना सबै अपराधहरूदेखि फर्क ! तब तिमीहरूको पाप आफ्नो पतनको कारण हुनेछैन ।
इजकिएल १८:३०
अवलोकन संख्या७०२
#तुरहीको चाड
#पश्चात्ताप
#प्रचार