विश्वास गर्नेहरूले पाउने पवित्र आत्मा
येशूज्यूले छाप्रो-वासको चाडमा दिनुभएको जीवनको पानी, यस युगमा पवित्र आत्मा र दुलहीले प्रदान गर्नुहुन्छ
परमेश्वरमा विश्वास गर्नेहरूले पवित्र आत्मा पाउनेछन् भन्नुभएकोले पवित्र आत्मा पाउन चाहनेहरूले पिताको युगमा यहोवा परमेश्वर, पुत्रको युगमा येशूज्यू, र पवित्र आत्माको युगमा पवित्र आत्मा र दुलहीको रूपमा आउनुभएका आन साङ होङज्यू र माता परमेश्वरमा विश्वास गरी उहाँहरूको शिक्षाहरू पछ्याउनुपर्छ ।
जुनसुकै युगमा होस्, परमेश्वरको वचन मान्नेहरू नै साँचो विश्वास भएका मानिसहरू हुन्
परमेश्वरको वचनमा आज्ञाकारी हुने मानिस नै परमेश्वरमा साँचो विश्वास गर्ने मानिस हो । नोआ, अब्राहाम, मोशा, यहोशू र कालेबले परमेश्वरको वचनमा आज्ञाकारी हुँदा आशिष् पाएजस्तै, वर्तमान समयमा परमेश्वरको वचन अर्थात् शबाथ-दिन र निस्तार-चाड मान्ने विश्वास भएका मानिसहरूले आशिष् पाउँछन् ।
“जो परमेश्वरको हो, त्यसले परमेश्वरका वाणी सुन्दछ । तिमीहरू परमेश्वरका होइनौ, यसैकारण तिमीहरू सुन्दैनौ ।”
यूहन्ना ८:४७
परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू मानेर उहाँका मार्गमा हिँड़्यौ भने, उहाँले तिमीहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई आफ्नो लागि एक पवित्र जाति बनाएर स्थापित गर्नुहुनेछ ।
तब पृथ्वीका समस्त मानिसहरूले तिमीहरू परमप्रभुका नाउँले कहलिएका हौ भनी थाहा पाउनेछन् र तिमीहरूसँग डराउनेछन् ।
व्यवस्था २८:९-१०
अवलोकन संख्या७९०
#छाप्रो-वासको चाड
#विश्वास
#आज्ञाकारिता