राजाको शासनकालमा राजाको आदेश उल्लङ्घन गर्नेहरूलाई
देशद्रोहको अभियोगमा मृत्युदण्ड दिइन्थ्यो ।
त्यसै गरी, राजाहरूका महाराजा हुनुभएका परमेश्वरको आज्ञा,
बाइबलको शिक्षालाई पछ्याउनु महत्त्वपूर्ण छ ।
त्यसैले परमेश्वरको मण्डलीले शबाथ-दिन र निस्तार-चाड जस्ता
बाइबलमा अभिलिखित नयाँ करार पालन गर्छ ।
पिताको युगमा यहोवा परमेश्वरलाई मात्र प्रेम गरेका दाऊद
र सोलोमन जस्ता धेरै अगमवक्ताहरूजस्तै, अनि पुत्रको युगमा
येशू ख्रीष्टलाई मात्र प्रेम गरेका सुरुको मण्डलीका सन्त र प्रेरितहरूजस्तै,
पवित्र आत्माको युगमा चाहिँ आन साङ होङज्यू र माता परमेश्वरलाई
प्रेम गर्नु नै मुक्तिको रहस्य हो ।
अनि धन्य र सर्वोच्च, राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभुले
उचित समयमा ख्रीष्टको आगमनलाई प्रकट गर्नुहुनेछ ।
१ तिमोथी ६:१५
“अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ । माग,
अनि तिमीहरूले पाउनेछौ । यसरी तिमीहरूको आनन्द पूर्ण होओस् ।”
यूहन्ना १६:२४
“जसले जित्छ, ... मेरा परमेश्वरका सहरको नाउँ, अर्थात् यरूशलेम
लेख्नेछु, ... आफ्नै नयाँ नाउँ पनि म त्यसमा लेख्नेछु ।”
प्रकाश ३:१२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति