परमेश्वरले प्रत्येक आराधनाद्वारा सन्तानहरूलाई स्वर्गको आशिष् दिनुहुने भएकोले
परमेश्वरलाई विश्वास गर्नु र उहाँको भय मान्नु आफैमा खुशी र हर्षपूर्ण कार्य हो ।
स्वर्गप्रतिको आशाविनाको विश्वासको जीवनले परीक्षाहरू ल्याउँछ ।
हामीले शैतानको धूर्तताबाट हार खाएका आदम र हव्वाको कार्यलाई नपछ्याईकन
अय्यूबको जस्तो अकाट्य विश्वास लिएर अन्त्यसम्मै परमेश्वरको सेवा गर्नुपर्छ,
अनि येशूज्यूको उदाहरणलाई पछ्याउँदै परमेश्वरको वचनद्वारा परीक्षालाई जित्नुपर्छ ।
स्वर्ग जाने बाटोमा बाधा पुऱ्याउने कुरा नै सांसारिक प्रलोभनहरू हो ।
४० वर्षे उजाड-स्थानमा इस्राएलीहरूलाई प्रत्येक क्षण परीक्षाहरू आएजस्तै
स्वर्गीय कनानतर्फ हिँडिरहेका परमेश्वरको मण्डलीका सन्तहरूलाई पनि परीक्षाहरू आउँछ,
तर हामीले पिता परमेश्वर र माता परमेश्वरप्रति अकाट्य विश्वास लियौं भने,
अन्त्यमा त्यसको सामना गरेर स्वर्गको आशिष् प्राप्त गर्नेछौं ।
“तिमीले धैर्यको मेरो वचन पालन गरेका हुनाले,
तिमीलाई परीक्षाको त्यस बेलादेखि म बचाउनेछु,
जो पृथ्वीमा वास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ ।” प्रकाश ३:१०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति