परमेश्वरले नोआको समयमा जलप्रलयद्वारा पृथ्वीलाई इन्साफ गर्नुहुँदा
र सदोम र गमोराको समयमा आगोद्वारा इन्साफ गर्नुहुँदा,
परमेश्वरको वचनलाई ठट्टाको रूपमा लिने र नभाग्ने मानिसहरू
नष्ट भएजस्तै, “जब यरूशलेमलाई सेनाहरूले घेरेका देख्छौ,
तब तिमीहरू भाग्नुपर्छ” भन्ने येशूज्यूको वचनमा विश्वास नगरेका,
तर विजयी भयौं भन्दै मस्त भएका मानिसहरू सबै
रोमी सेनाहरूको दोस्रो आक्रमणमा परेर नष्ट भए ।
संसारले परमेश्वरको अन्तिम आगोको इन्साफलाई ठट्टाको रूपमा
लिएको छ । यद्यपि परमेश्वरले एक जना पनि नष्ट नहोस्,
तर सबै जनाले मुक्ति पाऊन् भन्ने इच्छा गर्नुभएकोले
मानव-जातिलाई पर्खंदैहुनुहुन्छ ।
तसर्थ परमेश्वरको मण्डलीका सन्तहरूले
परमेश्वरको इच्छाअनुसार संसारमा जोशका साथ
मुक्तिको खबर सुनाइरहेका छन् ।
पछिल्ला दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै, तिनीहरूका
आफ्नै अभिलाषामा यसो भन्दै आउनेछन्, “उहाँका आगमनको प्रतिज्ञा
कहाँ गयो ?” ... जुन दिन आकाशहरू जलेर भस्म हुनेछन्, र तत्त्वहरू
आगोको रापमा पग्लनेछन् । तर उहाँको प्रतिज्ञाबमोजिम
हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं,
जसमा धार्मिकताले वास गर्छ ।
२ पत्रुस ३:३-१३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति