परमेश्वरले यस वर्तमान युगमा झर्ने विपत्तिहरूको विषयमा
सपन्याह, मलाकी, पत्रुस र यूहन्ना लगायतका आफ्ना अगमवक्ताहरूमार्फत
पहिल्यै अगमवाणी गरिदिनुभएको थियो । पवित्र आत्माको युगका मुक्तिदाता
नयाँ नाउँ आन साङ होङज्यूको नाउँ पाएका मानिसहरू मात्र
अन्तिम विपत्तिबाट बचाइन सक्नेछन् भनेर जानकारी दिनुभएको छ ।
पुरानो करारको समयमा, थुमाको रगत लगाइएको घर मात्र विपत्तिबाट पार हुन सकेको थियो भने
यस वर्तमान युगमा निस्तार-चाडको थुमाको वास्तविकता हुनुभएका येशूज्यूको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यमा सहभागी भएका मानिसहरू मात्र परमेश्वरको मोहोर प्राप्त गरेर विपत्तिहरूबाट बचाइनेछन् ।
परमेश्वरको मण्डलीका सन्तहरूले आन साङ होङज्यू र माता परमेश्वरले थाहा दिनुभएको
नयाँ करार निस्तार-चाड मान्दै, भक्तिहीनहरूको इन्साफ र विनाशको निम्ति साँचिराख्नुभएको
अन्तिम विपत्तिबाट पार हुनको निम्ति परमेश्वरको मोहोर प्राप्त गर्नुपर्छ भन्ने मुक्तिको खबर सुनाउने
मिशन पूरा गरिरहेका छन् ।
“... तेरो माझमा भएका घृणित व्यवहार र घिनलाग्दा कामहरूका निम्ति
म तँलाई दण्ड दिनेछु । तब प्रहार गर्नेचाहिँ म परमप्रभु नै हुँ भनी तैंले जान्नेछस् ।” इजकिएल ७:९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति