पुरानो करारको समयको अखमिरी रोटीको चाडले ३,५०० वर्षअघि इस्राएलीहरूले
भोगेका कष्टहरूको सम्झना गराउँथ्यो । निस्तार-चाड मानेर त्यसको भोलिपल्ट मिश्रबाट
प्रस्थान गरी लाल समुद्र नतरुञ्जेल तिनीहरूले कष्ट भोगे । योचाहिँ येशू ख्रीष्टले भोग्नुहुने
पीडा र बलिदानको छाया थियो । निस्तार-चाड मान्नुभएपछि त्यसको भोलिपल्ट
उहाँले कष्ट भोग्नुभएर क्रूसमा टाँगिनुभयो ।
“हामी तपाईंलाई मृत्युसम्मै पछ्याउनेछौं” भनेर दाबी गरेका चेलाहरूद्वारा इन्कार
र विश्वासघात गरिनु, असङ्ख्य शत्रुहरूद्वारा गिल्ला र खिसी गरिनु र अन्ततः
क्रूसमा टाँगिनु– यो नै पवित्र आत्माको युगका मुक्तिदाता आन साङ होङज्यूले
२,००० वर्षअघि भोग्नुभएको कष्ट हो । अबचाहिँ उहाँको प्रेम महसुस गरेर
आफ्नो क्रूस बोक्ने विश्वास आवश्यक पर्ने समय हो ।
तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “कोही मेरो पछि आउने इच्छा गर्दछ भने,
उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस् । किनकि
जसले आफ्नो प्राण बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण
मेरो निम्ति गुमाउँछ, त्यसले त्यो पाउनेछ ।”
मत्ती १६:२४-२५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति