जीवनमा आफ्नो परिस्थिति र वातावरणसँग असन्तुष्ट हुँदाखेरि
हामीले हाम्रो दृष्टिकोण परिवर्तन गर्नुपर्छ ।
लामो समयअघि परमेश्वरले गिदोनका ३०० जना सेनाहरूलाई
१,३५,००० जना मिद्यानीहरूविरुद्धको युद्धमा विजय हुने गराउनुभयो ।
त्यस विजयको रहस्य नै परमेश्वरमा पूर्ण रूपमा भरोसा गर्ने
विश्वास थियो । (न्यायकर्ता ६:१४-४०; ७:१-२३)
प्रेरित पावलले पनि सुसमाचार प्रचार गर्ने क्रममा
थुप्रै कठिनाइहरूको सामना गरे, तर तिनले जस्तोसुकै
परिस्थितिमा पनि सन्तुष्ट रहन सिकेको कुरा गवाही दिए ।
सन्तहरूले बाइबलको वचनलाई हृदयमा खोपेर
विश्वासको जीवन जिउनुपर्छ भनेर
परमेश्वरको मण्डलीले प्रचार गर्दछ ।
खाँचो पऱ्यो भनेर मैले गुनासो पोखाएको होइन, किनभने जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु । फिलिप्पी ४:११
हामीलाई सहायता गर्नुहुने परमेश्वरमा भरोसा गरेमा
हाम्रो दृष्टिकोण परिवर्तन हुन्छ । यसबाहेक,
त्यो परिस्थितिलाई जित्ने शक्ति पनि प्राप्त गर्न सकिन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति