विश्वासको मार्गमा कहिलेकहीँ परीक्षा, समस्या
र क्रूसको गह्रौँ भारको सामना गर्दा त्यो कठिनाइलाई
कष्टको रूपमा लिन्दै ‘यो बेखुशीको कुरो हो’ भनेर
सोच्ने मानिसहरू साँच्चै दुःखित हुनेछन् , तर त्यसमा
आशिष् महसुस गरेर धन्यवाद दिनेहरूचाहिँ
खुशी खोज्दै स्वर्ग प्रवेश गर्नेछन् ।
आन साङ होङज्यू र माता परमेश्वरले “सधैँ आनन्दित
रहो र सबै परिस्थितिमा धन्यवाद देओ” भन्नुभएर,
सांसारिक लालचले परीक्षा र बेखुशी निम्त्याउने भएकोले
हामीलाई सधैँ सन्तुष्ट जीवन जिउन सिकाउनुहुन्छ,
र बेखुशी अवस्थालाई खुशीको शक्तिमा परिणत गर्दै
आफैलाई भक्तिमा तालीम दिनको लागि
अभ्यास गर्ने शिक्षा दिनुहुन्छ ।
सधैँ आनन्दित रहो । निरन्तर प्रार्थना गरिरहो ।
सबै परिस्थितिमा धन्यवाद देओ,
किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि
परमेश्वरको इच्छा यही हो ।
१ थेसलोनिकी ५:१६-१८
त्यो मानिस धन्यको हो, जो आपत्-विपत्मा
स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि
त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले
उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ । ...
तर हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर
परीक्षामा पर्दछ । तब खराब इच्छाले गर्भधारण गरेपछि
त्यसले पाप जन्माउँछ । अनि पाप पूरै बढ़ेपछि
त्यसले मृत्यु ल्याउँछ ।
याकूब १:१२-१५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति