धेरै मानिसहरूले मण्डली मात्र धायो भने सबै जना परमेश्वरका
साँचो प्रजा हुन्छन् भन्ठान्छन् । तर परमेश्वरले उहाँको जीवनको
व्यवस्थाद्वारा साँचो प्रजा र झूटा प्रजालाई छुट्ट्याउनुहुन्छ ।
स्वर्गको नागरिकता लिएका परमेश्वरका साँचो प्रजाले
सृष्टिकर्ताको शक्तिलाई सम्झना गर्ने शबाथ-दिन र मुक्तिदाताको
शक्तिलाई सम्झना गर्ने निस्तार-चाड मान्नुपर्छ ।
बुद्धिका राजा सोलोमनले नक्कली फूल र सक्कली फूललाई छुट्ट्याउन
मौरी र पुतलीको प्रयोग गरेजस्तै, परमेश्वरले शबाथ-दिन र निस्तार-चाड जस्ता
उहाँका आज्ञाहरूद्वारा आफ्ना साँचो प्रजालाई छुट्ट्याउनुहुन्छ ।
हिजोआज विश्वभरिका असंख्य सन्तहरूले आन साङ होङज्यू
र माता परमेश्वरको शिक्षाद्वारा पुनर्स्थापन गरिएको परमेश्वरका
साँचो प्रजाको चिन्ह अर्थात् परमेश्वरको आज्ञा पालन गर्छन् ।
मैले धेरै पल्ट बताएका मानिसहरूका बारेमा फेरि पनि म तिमीहरूलाई
रुँदै भन्दछु कि तिनीहरू ख्रीष्टका क्रूसका शत्रुहरूजस्तै जीवन बिताउँछन् ।
विनाश तिनीहरूको अन्त्य हो, पेट तिनीहरूको ईश्वर हो, र तिनीहरू
आफ्ना शर्ममा गौरव गर्दछन्, र तिनीहरूको मन सांसारिक कुरामा लागिरहन्छ ।
तर हाम्रो नागरिकता स्वर्गमा छ । ...
फिलिप्पी ३:१८-२०
“तिमीहरूले शबाथ मान्नू, किनभने तिमीहरूका निम्ति त्यो पवित्र हो ।
त्यो अपवित्र गर्ने निश्चय नै मारिओस् । जस-जसले त्यस दिन केही कामकाज
गर्ला त्यो आफ्ना मानिसहरूबाट बहिष्कृत हुनेछ । ”
प्रस्थान ३१:१४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति