सन् २०२५ जुन ५ तारिखमा विश्व वातावरण दिवसको अवसरमा
गणतन्त्र कोरियास्थित जेजुमा दोस्रो ASEZ WAO ग्लोबल फोरमको आयोजना गरियो ।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे
युवा स्वयंसेवक समूह ASEZ WAOले “प्लास्टिकमुक्त सन् २०४०” भन्ने विषयअन्तर्गत
विभिन्न क्षेत्रका विज्ञहरू तथा अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरूसँग
भविष्यका कार्ययोग्य समाधानहरूबारे छलफल गऱ्यो ।
सउल राष्ट्रिय विश्वविद्यालयको वातावरण अध्ययन स्नातक विद्यालयका प्राध्यापक गिम इन ह्वान
र UP-CIFAL, फिलिपिन्सका निर्देशक तथा फिलिपिन्स विश्वविद्यालयका संकाय सदस्य
मिसेल पालुम्बारित लगायतका विशिष्ट वक्ताहरूले विश्वव्यापी वातावरण पुनर्स्थापनमा
युवाहरूको भूमिका र रणनीतिहरूबारे अन्तर्दृष्टि साझा गरे ।
यो कार्यक्रम विश्वभरिका ASEZ WAO युवाहरूद्वारा संयुक्त रूपमा सञ्चालित
४० दिने ‘प्लास्टिक प्रदूषणमुक्त’ अभियानको समापन थियो,
जसले पृथ्वीमा अर्थपूर्ण परिवर्तन ल्याउन ठोस कार्यान्वयन
र एकताको शक्ति प्रदर्शन गऱ्यो ।
ASEZ WAO दिगो भविष्यतर्फ अगि बढ्दै, “युवाहरूले कार्यान्वयन गर्दा
संसार परिवर्तन हुन्छ” भन्ने दृढ विश्वासका साथ अगि बढ्नेछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति