सन् २०२४ डिसेम्बर १ तारिख, ASEZ WAOले
“सन् २०४०सम्म प्लास्टिक प्रदूषण अन्त्य गर्ने” प्रतिबद्धता घोषणा गर्दै
वातावरणीय कन्सर्टद्वारा विश्वभरि प्रभावकारी कार्यान्वयन सन्देश फैलायो ।
त्यसलगत्तै ASEZ WAOका सदस्यहरूले
कोरियाभरिका १८ वटा क्षेत्रहरू लगायत विश्वभरि सडक सरसफाइ
र प्लास्टिकमुक्त अभियान सञ्चालन गरे ।
बुसानको ग्वाङआनरीमा ६०० जनाभन्दा बढी युवाहरूले आएर
समुद्री तट र सहरी क्षेत्रहरू सरसफाइ गरे, अनि प्लास्टिक प्रदूषणको गम्भीरता
र पहलको महत्त्वबारे जनचेतना फैलाए ।
जागिरेहरू, विद्यार्थी र अन्तर्राष्ट्रिय विद्यार्थीहरू साथै
विभिन्न पृष्ठभूमिका सहभागीहरूले वातावरण संरक्षणप्रति
व्यक्तिगत प्रतिबद्धता सुनाए, र धेरै मानिसहरूले स्वेच्छासाथ
अभियानमा सहभागी हुँदै समर्थन हस्ताक्षर दिए ।
यी प्रयत्नहरूद्वारा कुल ८,१२० पाउन्ड प्लास्टिकका फोहोरहरू
सङ्कलन गरियो, यसरी करीब २८,४२६ पाउन्ड
कार्बन डाइअक्साइड उत्सर्जन न्यूनीकरण गर्न सकियो ।
ASEZ WAOले प्लास्टिक प्रदूषण अन्त्य गर्नको निम्ति
निरन्तर अर्थपूर्ण कार्य गर्नेछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति