२,००० वर्षअघि येशूज्यूले स्थापना गर्नुभएको परमेश्वरको मण्डली र पवित्र आत्माको युगको परमेश्वरको मण्डली एउटै मण्डली हो । २,००० वर्षअघि परमेश्वरको मण्डलीले शरीरमा आउनुभएका येशू ख्रीष्टलाई मुक्तिदाताको रूपमा विश्वास गर्थ्यो । यो पवित्र आत्माको युगमा परमेश्वरको मण्डलीले बाइबलले अगमवाणी गरेको दोस्रो आगमनका ख्रीष्ट पवित्र आत्मा र दुलहीलाई विश्वास गर्दछ ।
शरीर धारण गरेर आउनुभएका पवित्र आत्मा आन साङ होङज्यू र दुलही हुनुभएकी माता परमेश्वरलाई विश्वास गर्ने परमेश्वरको मण्डलीले, येशूज्यूले स्थापना गर्नुभएको नयाँ करारको निस्तार-चाड र शबाथ-दिन मान्दछ, अनि आराधनाको समयमा स्त्री सन्तहरूले आफ्नो शिर घुम्टोले ढाक्दछन् । सुरुको मण्डलीले शरीर धारण गरेर आउनुभएका परमेश्वर, येशूज्यूको विषयमा गवाही दिएजस्तै यो वर्तमान समयमा परमेश्वरको मण्डलीले पवित्र आत्मा र दुलही हुनुभएका दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरको विषयमा गवाही दिँदछ र बाइबलको शिक्षालाई जस्ताको तस्तै पालन गर्दछ ।
सन् २०२०सम्म १७५ वटा राष्ट्रहरूमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सन्तहरूको संख्या ३०,००,००० जनामा वृद्धि भएको छ । योचाहिँ अनन्त जीवन दिनुहुने पवित्र आत्मा र दुलहीको शिक्षालाई पछ्याएर सन्तहरूले आफ्नो दैनिक जीवनमा माताको प्रेमलाई व्यवहारमा लागू गरेकाले सम्भव भएको हो ।
परमेश्वरको मण्डलीमा आउनुभएर पवित्र आत्मा आन साङ होङज्यू र दुलही हुनुभएकी माता परमेश्वरले दिनुहुने जीवनको पानी पाई अनन्त जीवनको आशिष् पाउनुहोस् भन्ने चाहन्छौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति