तातो ज्वालाको भयङ्कर वेदनामा औँलाको टुप्पाको एक थोपा पानीसमेत पाउन नसकिने नरक,
अत्यन्तै डरलाग्दो ठाउँ हो । (लूका १६:२४) यदि हात, खुट्टा वा आँखाले पाप गर्न लगाउँछ भने,
नरकमा जानुभन्दा त्यसलाई काट्नु वा झिकेर फाल्नु असल हो भनेर येशूज्यूले भन्नुभयो । (मर्कूस ९:४३)
किनकि शरीरको अङ्ग काटिँदाको चरम पीडा पनि नरकको यातनासँग तुलनै गर्न सकिँदैन ।
“नरकमा त न कीरा मर्दछन्, न आगो नै निभ्दछ ।” मर्कूस ९:४८
“किनकि प्रत्येकलाई आगोले नै नुनिलो पार्छ ।” मर्कूस ९:४९
नरकको दण्ड अत्यन्त पीडादायी भए पनि आफै मर्न भने सकिँदैन ।
जीवनको सानो खुशी, एकैछिनको विश्राम र मुक्तिको आशा पटक्कै नभएको नरकमा केवल दर्दनाक पीडा,
पछुतो र शोक मात्र हुन्छ । सुसमाचार सुनेर पश्चात्ताप गरिएन भने किन नरक जानुपर्ने हुन्छ होला ?
हामीहरू यस पृथ्वीमा जन्मनुअघि स्वर्गका स्वर्गदूतहरू थियौं (अय्यूब ३८:४) ।
तर हामीले स्वर्ग मा पाप गऱ्यौं र नरकको सजाय पायौं ।
त्यसैले हामीहरू आत्मिक झ्यालखाना रहेको यस पृथ्वीमा जन्मेर अस्थायी रूपमा बसोबास गर्छौं ।(इजकिएल २८:१३)
यदि हामीले यस पृथ्वीमा नरकको सजायबाट उम्कने तरिका खोजेनौं भने नरकमा जानुबाहेक अर्को विकल्प रहँदैन ।
“हाय, म कस्तो दुःखी मानिस ! यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला ?” रोमी ७:२४
नरकको सजायको भागीदार भएका मानव-जातिमाथि परमेश्वरले दया गर्नुभयो, र नरकको सजायबाट उम्कने तरिका जानकारी गराउन उहाँ स्वयम् यस पृथ्वीमा आउनुभयो ।
“म ... पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ ।” लूका ५:३२
मृत्युमा डोऱ्याउने हाम्रो पाप क्षमा गरेर नरकको सजायबाट हामीलाई बचाउनको निम्ति
परमेश्वरले पापी मानव-जातिको छुटकाराको मोलस्वरूप उहाँको देह र रगत दिनुभयो ।
“लेओ, खाओ, निस्तार-चाडको रोटी मेरो शरीर हो ।” मत्ती २६:२६
“निस्तार-चाडको दाखमद्य नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” मत्ती २६:२८
हामीले नयाँ करार निस्तार-चाड मान्यौं भने पाप-क्षमाको आशिष् पाएर नरकको सजायबाट बच्न सक्छौं ।
साथै हामीहरू अनन्त जीवन पाएर स्वर्ग फर्कन सक्छौं ।
“मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु ।” यूहन्ना ६:५४
तर “निस्तार-चाडद्वारा पाप-क्षमा र अनन्त जीवन प्राप्त गर” भन्ने
मुक्तिको सन्देशलाई यदि हामीले इन्कार गर्छौं भने स्वर्गमा गरेको पाप क्षमा पाउन सक्दैनौं र पूर्वनिर्धारित नरकको सजाय भोग्नुपर्छ ।
“मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ।” लूका २२:१५
परमेश्वरले पाप-क्षमाको चिन्हस्वरूप प्रदान गर्नुभएको नयाँ करार निस्तार-चाड मानेर स्वर्ग फर्कनुहोस् भन्ने चाहन्छु ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति