हिजोआज असंख्य मण्डलीहरूले पेन्तिकोसको चाड मानेर
पवित्र आत्मा पाएका छौं भनेर जिद्दी गर्छन् ।
तर परमेश्वरले तोकिदिनुभएको दिनमा,
तोकिदिनुभएको नियमअनुसार
हामीले पेन्तिकोसको चाड मानेमा
पवित्र आत्माको आशिष् पाउन सक्छौं ।
येशूज्यूको वचनअनुसार चेलाहरूले उचालिनुभएको दिनदेखि
मर्कूसको माथिल्लो तलामा दश दिनसम्म प्रार्थना गर्दै
पेन्तिकोसको चाड माने (प्रे २:१) ।
वर्तमान समयमा येशूज्यूको वचनअनुसार पेन्तिकोसको चाड मानेर,
बाइबलमा अगमवाणी गरिएको पवित्र आत्माको आशिष् पाउने
एकमात्र मण्डली नै परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हो ।
जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए ।
अनि स्वर्गबाट अचानक ठूलो बतासको झोक्काजस्तै एउटा आवाज आयो,
र तिनीहरू बसेको पूरा घरै भरिदियो ।
आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे,
र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे ।
अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए,
र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको
उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे ।
प्रेरित २:१-४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति