तर विश्वभरिका धेरै मण्डलीहरूले शबाथ-दिन पुरानो करारको व्यवस्था भएकोले रद्द भइसक्यो भनेर जिद्दी गर्छन् । यदि शबाथ-दिन साँच्चै व्यवस्थाको एक अंशको रूपमा रद्द भइसकेको हो भने, अरू नौ वटा आज्ञाहरू पनि मान्नुपर्दैन भनेर भन्नुपर्ने हुन्छ ।
वर्तमान समयमा पनि हामीले चौथो आज्ञा रहेको शबाथ-दिन पवित्र रूपले मान्नुपर्छ । पहिलो आज्ञादेखि दशौँ आज्ञासम्म, हामीले बेवास्ता गर्दा पनि हुने त्यस्तो कुनै आज्ञा छैन । कसैले पनि “दश आज्ञामध्ये नौ वटा आज्ञा त मान्नुपर्छ, तर र चौथो आज्ञा मात्र मान्नुपर्दैन” भन्न सक्दैन ।
शबाथ-दिन नमान्ने मण्डलीहरूले समेत दश आज्ञाको महत्त्वलाई सहजै स्वीकार गर्दछन् ।
तसर्थ “शबाथ-दिन पुरानो करारको व्यवस्थामा पर्ने भएकोले रद्द भइसक्यो” भन्ने जिद्दी सरासर गलत छ । वर्तमान समयमा पनि हामीले चौथो आज्ञा रहेको शबाथ-दिन पवित्र रूपले मान्नुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति