परमेश्वरलाई सही तरिकाले बुझेका दाऊद,
यशैया, मीका र यूहन्ना सबै अगमवक्ताहरूले
परमेश्वरको चाड मनाइने सियोनमा
उहाँले आफ्ना प्रजालाई मुक्ति दिनुहुन्छ भनी अगमवाणी गरे ।
सियोनमा रहनेहरूलाई अनन्त जीवन र पाप-क्षमाको ग्यारेन्टी गरिएकोले
तिनीहरू साँच्चै आशिषित हुन् भनेर गवाही दिएका छन् ।
परमेश्वर वास गर्नुहुने सियोनमा जान तिनीहरूले
अनिवार्य परमेश्वरको मण्डली खोज्नुपर्छ ।
सम्पूर्ण मानव-जातिले परमेश्वरको मण्डलीमा मुक्ति दिनुहुने
ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरलाई भेट्नुपर्छ ।
अनि परमेश्वरको शिक्षा सिकेर सही मनस्थिति
र विश्वासका साथ राज्यको सुसमाचार सुनाउनुपर्छ ।
हाम्रा ठहराइएका चाडहरूको सहर सियोनलाई हेर,
तिमीहरूका आँखाले यरूशलेमलाई देख्नेछन्,
एउटा शान्तिमय वासस्थान, ...
त्यहाँ परमप्रभु हाम्रा शक्तिशाली जन हुनुहुनेछ ।
[यशैया ३३:२०-२१]
तब चन्द्रमा शर्माउनेछ, र सूर्यको किरण लजाउनेछ ।
किनकि सर्वशक्तिमान् परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा
र त्यसका धर्म-गुरुहरूका सामुन्ने महिमासित राज्य गर्नुहुनेछ ।
[यशैया २४:२३]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति