राजा शाऊल इस्राएलको पहिलो राजा थिए ।
आफूलाई कमजोर ठानेका शाऊललाई परमेश्वरले राजाको रूपमा नियुक्त गर्नुभयो ।
तर शाऊलले परमेश्वरको वचन पूर्ण रूपमा पालन नगरेकोले शाऊललाई राजा तुल्याएकोमा परमेश्वरले पछुतो मान्नुभयो ।
राजा शाऊलभन्दा ठीक विपरीत परमेश्वरमा पूर्णतः भरोसा गर्ने र उहाँको जस्ताको तस्तै पालन गर्ने दाऊदलाई, परमेश्वरले मेरो हृदयअनुसारको मानिस भनेर प्रशंसा गर्नुभयो । परमेश्वरका प्रजालेसमेत दाऊदको प्रशंसा गरेकाले निराश हुन थालेका राजा शाऊल दाऊदप्रति ईर्ष्या र डाह गरेर तिनलाई मार्न खोजे ।
त्यसको परिणामस्वरूप परमेश्वरले राजा शाऊललाई त्याग्नुभयो र तिनले दःखद् अन्त्य भोगे ।
राजा शाऊलको यो इतिहासद्वारा विश्वासको बाटोमा हिँडिरहेका हामीले आफ्नो स्वरूपलाई फर्केर हेर्नुपर्छ ।
हामीले विश्वासको बाटोमा सँगै हिँडिरहेका हाम्रा दाजुभाइ-दिदीबहिनीहरूप्रति कहिलेकहीँ निराश महसुस गरेका त छैनौं ?
दाजुभाइ-दिदीबहिनीहरूप्रति निराश महसुस हुँदा, कतै हामीले आफूलाई उहाँहरूभन्दा उत्कृष्ट ठानिरहेका छौं कि भनेर आफैलाई जाँची हेरौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति