योचाहिँ, अलेक्जेन्डर महान्ले ग्रीस राज्य स्थापना गरेपछिको कुरा हो ।
वृद्ध हुनुअघि आफ्नो चित्र कोराउन चाहेका अलेक्जेन्डर महान्ले देशभरिका
प्रसिद्ध चित्रकारहरूलाई चित्र कोर्न आमन्त्रण गरे ।
तिनको चित्र कोर्न त्यहाँ उपस्थित भएका सबै चित्रकारहरू छक्क परे ।
किनकि राजाको अनुहारको दाहिनेपट्टि एउटा डरलाग्दो र कुरूप दाग थियो ।
ठीक त्यही बेला, अलेक्जेन्डर महान्लाई अति नै आदर गर्ने एक जना चित्रकार देखा परे ।
चित्रकारले राजालाई एउटा कुर्सीमा बसाएर उनलाई आफ्नो च्यापु हातमा अड्याउन लगाए ।
आफ्नो चित्र देखेर अति नै प्रसन्न भएका अलेक्जेन्डर महान्ले त्यो चित्रकारलाई ठूलो इनाम दिए ।
अलेक्जेन्डर महान्को अनुहारमा भएको त्यो दागजस्तै,
सबैमा अरूलाई व्यक्त गर्न र प्रकट गर्न नचाहने त्यस्ता कमजोर पक्षहरू हुन्छन् ।
त्यसैले अरूको कमजोर पक्षलाई औँल्याउनुभन्दा बरु,
उनीहरूको सबल पक्षलाई प्रकट गरेर प्रशंसा गरिदिँदा कस्तो छ ?
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति