ख्रीष्टियान धर्म दिन प्रतिदिन पछिल्तिर धकेलिँदैगइरहेको बेला
परमेश्वरको मण्डलीचाहिँ आश्चर्यजनक तवरले वृद्धि भइरहेको छ ।
किनकि सन्तहरूले आफ्नो सारा हृदयले, सारा प्राणले र
सारा समझले पिता परमेश्वर र माता परमेश्वरलाई प्रेम गर्दै
उहाँको वचनमा आज्ञाकारी हुन्छन् ।
हामीले परमेश्वरलाई ओठले मात्र प्रशंसा गर्छौं कि
सारा हृदयले उहाँलाई पछ्याउँछौं त भनेर परमेश्वरले हेर्दैहुनुहुन्छ ।
त्यसकारण परमेश्वरले नोआ, अब्राहाम, याकूब, दाऊद र
प्रेरित पावलजस्तै पूर्ण रूपमा परमेश्वरतर्फ फर्केकाहरूलाई
सुसमाचारको सामग्रीको रूपमा प्रयोग गर्नुभयो ।
यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक । रोमी १२:२
संसारिक अभिलाषा र आफ्नो सोचाइलाई त्यागेर
आफ्नो सारा हृदय, प्राण र समझले आफूलाई
समर्पित गरेका परमेश्वरको मण्डलीका सन्तानहरूलाई
परमेश्वरले सुसमाचारको आश्चर्यजनक परिणाम दिनुभयो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति