परमेश्वरले विज्ञान र प्रविधि, यातायात र इन्टरनेटको विकाससँगै सुसमाचार फैलाउने बाटो खोलिदिनुभएको छ । यस्तो समयमा हामीले नयाँ करारको ज्ञान र ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरको सत्यता चाँडै संसारभरि फैलाउनुपर्छ ।
प्रेरित पावलले सन्तहरूलाई झ्यालखानमा हाल्ने र सताउने कार्य गरेका चाहिँ येशू ख्रीष्टसम्बन्धी सत्यता थाहा हुनुभन्दा अगाडि थियो ।
त्यसरी नै परमेश्वरको मण्डली, शबाथ-दिन र निस्तार-चाडको बारेमा गलत बुझाइ लिएर विरोध गर्ने मानिसहरूलाई हामीले परमेश्वरको साँचो ज्ञान सिकाउनुपर्छ ।
त्यसो गर्दा, हामीले उनीहरूलाई परमेश्वरलाई सबैभन्दा प्रसन्न तुल्याउने मुक्तिको आशिष्मा डोऱ्याउन सक्छौं ।
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर । विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ । मर्कूस १६:१५-१६
हाम्रा मुक्तिदाता परमेश्वर सबै मानिसहरूले मुक्ति पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। १ तिमोथी २:३-४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति