कहिलेकहीँ मात्र जलवायु परिवर्त हुने उष्णकटिबन्धीय क्षेत्रका रूखहरूमा प्रायः स्पष्ट वार्षिक घेराहरू हुँदैन, यद्यपि जलवायु परिवर्तन, कीरा, खडेरी र बाढीजस्ता कठिनाइहरू भोगेका रूखहरूमा भने वार्षिक घेराहरू स्पष्ट देखिन्छन् । त्योजस्तै प्रत्येक मनिसले ‘स्वर्ग-राज्यको निम्ति कस्तो जीवन बितायो’ भनेर निर्धारण गर्ने आ-आफ्नै वार्षिक घेराहरू हुन्छ । तसर्थ एक आत्मालाई बचाउने उत्कट हृदय लिएर परमेश्वरको इच्छालाई व्यवहारमा लागू गर्नु एकदमै महत्त्वपूर्ण छ ।
हरेक दिन प्रत्येक व्यक्तिले आफ्नो घर वा मण्डलीमा स्वर्गीय वार्षिक घेराहरू बनाइरहेको हुन्छ । सुसमाचार प्रचार गर्दा, आराधना गर्दा र प्रार्थना गर्दा हामी कस्तो मनोस्थिति लिएर समय बिताउँछौं भन्ने कुराले, हाम्रो स्वर्गीय वार्षिक घेराहरू निर्धारण गर्छ । प्रत्येक मानिसलाई उसले गरेअनुसार आशिष् र इनाम दिइनेछ ।
“हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ । प्रकाश २२:१२
जसले आफ्नो पापमय स्वभावको निम्ति रोप्तछ, त्यसले आफ्नो पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ । तर जसले आत्माको निम्ति रोप्तछ, त्यसले आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ । भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं । गलाती ६:८-९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति