यहाँहरूले के स्टिम कोषिकाको बारेमा सुन्नुभएको छ ?
स्टिम कोषिकामा आफै नवीकरण हुने र फोक्सो, हड्डी, मुटु, कलेजो जस्ता अङ्गहरू निर्माण गर्ने कोषिकाहरूमा परिवर्तन हुने उल्लेखनीय क्षमता हुन्छ ।
यी कोषिकाहरूले जीवित प्राणीहरूको विकास र मर्मत कार्यमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।
स्टिम कोषिकाहरूविना जीवित प्राणीहरू अस्तित्वमा रहन असम्भव हुन्छ ।
यी कोषिकाहरूको अर्को नाउँ पनि छ, त्यो हो ‘आमा कोषिका’
स्टिम कोषिकाको प्रकार रहेको हेमाटोपोएटिक स्टिम कोषिकाहरूले
व्यक्तिको जीवन बचाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् ।
तिनीहरूले विशेष प्रतिरक्षा प्रणालीको प्रयोग गरेर,
कसैको जीवन र सुरक्षालाई जोखिममा पार्न सक्ने
हानिकारक कारकहरूलाई लक्षित गरेर हटाउने कार्य गर्छन् ।
यसरी परमेश्वरले सबै थोकहरूद्वारा आफ्नो इच्छा प्रकट गर्नुभएको छ ।
बाइबलले मानव शरीरका स्टिम कोषिकाहरूजस्तै हुनुभएका
र हाम्रो जीवनको स्रोत हुनुभएर हामीलाई रक्षा गर्नुहुने
एलोहिम परमेश्वर पवित्र आत्मा र दुलहीको विषयमा जानकारी दिएको छ ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।”
जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।
प्रकाश २२:१७
वर्तमान युगमा पनि पवित्र आत्मा र दुलही जीवनको मूल हुनुहुन्छ,
अनि माता परमेश्वरले हामीलाई शैतानबाट बचाउनुभएर जीवनको पानी दिनुहुन्छ भनेर
बाइबलमा गवाही दिइएको छ ।
स्टिम कोषिकाहरूविना हामी यो पृथ्वीमा बाँच्न नसकेजस्तै,
हाम्रो आत्मा पनि माता परमेश्वरविना बाँच्न सक्दैन ।
बाइबलद्वारा माता परमेश्वरको बारेमा अझ धेरै बुझेर,
उहाँले दिनुहुने अनन्त जीवनको आशिष् प्राप्त गर्नुहोस् भन्ने चाहन्छौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति