यो संसारमा हामीहरू जहाँ जन्मिए तापनि,
हामीहरू हुर्किंदैजाने क्रममा वरिपरिको वातावरण
र विभिन्न परम्पराहरूले हामीमा जरा गाड्दैगइरहेको हुन्छ ।
मानिसहरूलाई “हामी किन यसो गर्छौं ?” भनेर सोध्दा,
प्रायःजसोबाट “मलाई थाहा छैन, सधैँ यसरी गर्दैआइएकोले हो” भन्ने उत्तर आउँछ ।
यसरी, मानिसहरूले बाल्यकालदेखि मान्दैआएका परम्पराहरू
वयस्क हुनेसम्मै लगातार तिनीहरूमा रहिरहन्छ ।
तर आत्मिक पहिचानलाई निर्धारण गर्ने विश्वासजत्तिकै
संवेदनशील र महत्त्वपूर्ण कुरा के होला ?
के हामीले स्रोतबारे विचारै नगरी हामीभन्दा अगाडिका मानिसहरूलाई
हाम्रो आत्मिक संरचना, स्वास्थ्य र भाग्यमाथि अधिकार जमाउन दिने हो त ?
वरिपरि हेर्ने हो भने ख्रीष्टियान धर्म र त्यसका सिद्धान्तहरू
बाइबलका शिक्षाहरूभन्दा एकदमै टाढा रहेका शिक्षा र
परम्पराहरूमा बाँधिएर हुर्किएका छन् भनेर जान्न सकिन्छ ।
दुर्भाग्यवश, यो परिवर्तन दोस्रो शताब्दीको मध्यदेखि
चौथो शताब्दीको मध्यतिर आउन थाल्यो, जुन बेला
पोपतन्त्रले सबै मण्डलीहरूमाथि अधिकार जमाएर
ख्रीष्टियान धर्मलाई येशूको नाउँमा रोमको
सूर्य देवताको परम्परालाई पछ्याउने गरायो ।
इतिहास हेर्ने हो भने आइतबारको सेवाचाहिँ
वास्तवमा ई.सं. ३२१मा रोममा घोषणा गरिएको
“पुत्र[Son]’ होइनकि “सूर्य[Sun]को उपासना गर्ने नियम थियो ।
ख्रीष्टियानहरू ती सबै आफ्ना परम्परा नबनुञ्जेल,
मृत्युको डरले गर्दा मान्न बाध्य भए ।
साथै, येशूज्यू स्वर्ग उचालिनुभएको लगभग ३०० वर्षपछि
ई.सं. ३५४मा ख्रीष्टियान धर्मले फारसका सूर्य देवता
मिथ्राको जन्मबाट उत्पत्ति भएको डिसेम्बर २५को दिनलाई भित्र्यायो ।
त्यसोभए सारा संसारले मानिसको परम्परा र प्रचलन मान्दै
व्यर्थमा परमेश्वरको उपासना गरिरहेको अवस्थामा
परमेश्वरले कसलाई मुक्ति दिनुहुनेछ होला ?
त्यसैले दोस्रो आगमनका ख्रीष्ट आइसक्नुभएको छ भन्ने कुरालाई
बुझ्नु एकदमै महत्त्वपूर्ण छ । उहाँले हामी जिइरहेको समयमा
परमेश्वरका शिक्षाहरू पुनर्स्थापन गरिदिनुभएको छ ।
मीका अध्याय ४मा, “पछिल्ला दिनहरूमा मानिसहरू ओइरिएर आउनेछन्,
र परमेश्वरद्वारा सिकाइनेछन् । आओ हामीहरू जाऔं,
उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ” भनिएको छ ।
त्यसोभए संसारका सबै मण्डलीहरूमध्ये दोस्रो आगमनका ख्रीष्टद्वारा सिकाइने
अनि शबाथ-दिन, निस्तार-चाड, घुम्टोको नियम लगायतका परमेश्वरका आज्ञाहरू
सबै पालन गरिने एक मात्र मण्डली कुन हो ?
त्यो नै परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हो, जहाँ हामीलाई
स्वतन्त्र तुल्याउने ख्रीष्टको शिक्षा सिकाउने र पालन गर्ने गरिन्छ ।
मानिसको परम्परालाई त्यागेर परमेश्वरको आज्ञा पालन गर्दै,
साँचो विश्वासद्वारा आत्माको मुक्ति पाउनुहोस् भन्ने चाहन्छु ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति