हामीहरू दैनिक जीवनमा पेट्रोलियम पदार्थ र त्यसबाट उत्पादित वस्तुहरूको प्रयोग गर्छौं ।
कपडा, मोबाइल फोन, प्लाष्टिकजन्य सामग्री र सडक निर्माण गर्न चाहिने
डामर सबै पेट्रोलियम पदार्थका उत्पादनहरू हुन् ।
असंख्य वस्तुहरू उत्पादन गर्न पेट्रोलियम पदार्थ प्रयोग गरिन्छ ।
त्यसैले यसलाई ‘ब्ल्याक गोल्ड’को नाउँ दिइएको छ ।
योद्वारा पेट्रोलियम पदार्थ हाम्रो जीवनमा
कति महत्त्वपूर्ण छ भनेर बुझ्न सकिन्छ ।
१९औँ शताब्दीको उत्तरार्धभन्दा अघि मानिसहरूलाई
पेट्रोलियम पदार्थको मूल्य थाहा नभएकोले
उनीहरूले ह्वेल माछाको तेल र दाउरा सकिएपछि
विकल्पको रूपमा पेट्रोलियम पदार्थ प्रयोग गरे ।
अहिले Aदेखि Zसम्म, एस्पिरिनदेखि जिपरसम्ममा
पेट्रोलियम पदार्थ प्रयोग भइरहेको छ ।
वर्तमान समयका उद्योगहरूमा पेट्रोलियम पदार्थले
महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने तथ्यचाहिँ नयाँ करारले
परमेश्वरका प्रजाप्रति निर्वाह गर्ने भूमिकासँग मिल्दोजुल्दो छ ।
नयाँ करारको मूल्य नजानेका मानिसहरूले आफैले
बाइबलको अथ लगाउँदै आइतबारको सेवा,
क्रिसमस जस्ता मानिसका नियमहरू बनाए ।
तर “म परमप्रभु हुँ । त्यसको समयमा त्यो चाँडै पूरा गर्नेछु” भन्ने
अगमवाणीअनुसार ख्रीष्ट आन साङ होङज्यूले नयाँ करारको शबाथ-दिन,
निस्तार-चाड लगायत तीन चरणका सात वटा चाडहरू स्थापना गरिदिनुभयो ।
नयाँ करारद्वारा परमेश्वरका प्रजाहरूले परमेश्वरको सन्तान बनेर मुक्ति पाउन सक्छन् ।
नयाँ करारको मूल्य जानेर त्यो पालन गर्ने मानिसहरूलाई
परमेश्वरले परमेश्वरका सन्तान भएर मुक्ति पाउने गराउनुभएको छ ।
हामीलाई नयाँ करारको मूल्य थाहा दिनुभएर हाम्रो निम्ति
नयाँ करारको वास्तविकता हुनुभएकी स्वर्गीय माता स्थापना गरिदिनुभएका
स्वर्गीय पितालाई अनन्त धन्यवाद चढाउँदछु ।
स्वर्गीय पिता र माताको महिमा विश्वभरि प्रकट हुनेछ भन्ने आशा गर्दछु ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति