हाम्रो जीवनलाई फर्केर हेर्ने हो भने, गुरुको सहयोगद्वारा नै
हामी यो स्थानमा पुग्न सकेका हौं भन्ने कुरा महसुस गर्न सकिन्छ ।
कसैको सहयोग नलिईकन आफ्नो बुँताले कुनै पनि कार्य पूरा गर्न सकिँदैन ।
तसर्थ हाम्रो सफलताको ठूलो हिस्साचाहिँ हाम्रो गुरु को हुनुहुन्छ भन्ने
कुरामा निर्भर हुन्छ भनेर बुझ्न सकिन्छ ।
तर परमेश्वरको मण्डली विश्व सुसमाचार समाज भने
निरन्तर वृद्धि भएर संसारलाई आश्चर्यचकित पारिरहेको छ ।
फलस्वरूप परमेश्वरको मण्डलीले स्वयंसेवा अवार्ड,
बेलायती महारानी अवार्ड, ३ कोरियाली सरकारबाट राष्ट्रपतीय अवार्ड,
अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्डजस्ता विभिन्न अवार्डहरू प्राप्त गरेको छ ।
यस्तो सफलता हासिल गर्ने परमेश्वरको मण्डलीको गुरु को हुनुहुन्छ होला ?
“तेरा सबै छोराहरू परमप्रभुबाट सिकाइनेछन्,
र तेरा छोरा-छोरीहरूलाई ठूलो शान्ति मिल्नेछ ।” (यशै ५४:१३)
यशैया अगमवक्ताले परमेश्वर नै हाम्रा गुरु हुनुहुनेछ भनेर अगमवाणी गरे ।
यशैयामा उल्लेखित ‘तेरा छोरा-छोरीहरू’ले कसलाई जनाएको होला ?
अगाडिका पदहरू पढ्ने हो भने ‘तेरा छोरा-छोरीहरू’ले
यरूशलेमका छोरा-छोरीलाई जनाउँछ भनी जान्न सकिन्छ ।
त्यसोभए यरूशलेमले कसलाई जनाउँछ होला ?
“तर माथिको यरूशलेम स्वतन्त्र छ,
जो हाम्री आमा हुन् ।” (गला ४:२६)
यरूशलेम नै वास्तवमा हाम्री स्वर्गीय माता हुनुहुन्छ ।
अनि उहाँका छोरा-छोरीहरूचाहिँ वास्तवमै
स्वर्ग-राज्य प्रवेश गर्ने मानिसहरू हुन् ।
यो वर्तमान समयमा माता परमेश्वरलाई विश्वास गर्ने
मण्डलीचाहिँ परमेश्वरको मण्डली मात्र हो ।
वर्तमान समयमा हामीसँगै रहनुभएकी स्वर्गीय माता नै
परमेश्वरको मण्डलीकी गुरु हुनुहुन्छ ।
परमेश्वरको मण्डली सबै कार्यहरूमा
सफल हुन सक्नुको कारण नै यही हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति