पेरुकी वातावरण मन्त्री, अल्बिना रुइज रिओसले, परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका वयस्क युवा जागिरे स्वयंसेवक समूह, ASEZ WAOसँग विशेष समय बिताउनुभयो ।
मे १७ तारिखमा मन्त्री रुइजले नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आयोजित ASEZ WAO सम्मेलनमा “One Step to a Green Earth” विषयमा जलवायु परिवर्तन नियन्त्रण गर्ने तरिकाबारे ASEZ WAOका सदस्यहरूसँग छलफल गर्नुभयो ।
मन्त्री रुइजले वातावरण संरक्षण प्रयासबारे आफ्नो अनुभव र ज्ञान बाँड्दै जलवायु परिवर्तन नियन्त्रण गर्नको निम्ति युवाहरू अर्थात्, भावी पुस्ताका नायकहरूले कार्य गर्नुपर्छ भन्ने कुरामा जोड दिनुभयो ।
सम्मेलनपछि पेरुको वातावरण मन्त्रालय र परमेश्वरको मण्डलीले MOU हस्ताक्षर गर्दै वातावरण संरक्षणमा निरन्तर र सक्रिय सहयोग गर्ने प्रतिज्ञा गरे ।
मन्त्री रुइजले ASEZ WAOसँग कार्य गर्ने अपेक्षा व्यक्त गर्नुभयो । अनि ASEZ WAOका सदस्यहरूलाई प्रोत्साहन दिँदै यसो भन्नुभयो, “सबैभन्दा महत्त्वपूर्ण कुरा त युवाहरू आफै वातावरण अभियन्ता भएर मानिसहरूलाई विशेष कार्यको निम्ति जागृत गराउनुपर्छ ।”
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति