परमेश्वरले मानिसको हृदय र भित्री मन छर्लङ्ग देख्नुहुने भएकोले उहाँबाट कुनै कुरा पनि लुकाउन सकिँदैन । मानिसले जीवनमा गर्ने सबै कुरा परमेश्वरको न्याय-आसनको अगाडि प्रकट हुनेछ, अनि प्रत्येक व्यक्तिको उसले गरेको कामअनुसार न्याय गरिनेछ । तसर्थ बाइबलमा “तिमीहरूका प्रवासको सम्पूर्ण समय डरसँग बिताओ” भनिएको छ ।
“यी सानाहरूमध्ये एक जनाका निम्ति जे गऱ्यौ, त्यो मेरो निम्ति गऱ्यौ” भन्नुभएका ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरको शिक्षाअनुसार, परमेश्वरको मण्डलीका सन्तहरूले आपसमा नम्रतापूर्वक सेवा गर्दै, प्रेम कार्यान्वयन गर्छन् । साथै इस्राएलीहरूको गनगन र गुनासो, अनि पूजाहारीका छोराहरू होप्नी र पीनहासको अनैतिक कार्यले ल्याएको विनाशलाई शिक्षाको रूपमा लिएर, उनीहरू विश्वासको पवित्र जीवन जिउन सधैँ प्रयत्न गर्छन् ।
किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु ।” पनपक्ष नगरी मानिसको कामअनुसार इन्साफ गर्नुहुनेलाई पिता भनी पुकारा गर्छौ भने, तिमीहरूका प्रवासको सम्पूर्ण समय डरसँग बिताओ । १ पत्रुस १:१६-१७
अब सबै कुरा सुनिएका छन्— कुराको निष्कर्ष यही हो । परमेश्वरको भय राख र उहाँका आज्ञाहरू पालन गर । किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो । किनकि हामीले गरेको हरेक काम, असल होस् वा खराब होस्, प्रत्येक गुप्त कुरासमेत सबैको न्याय परमेश्वरले गर्नुहुनेछ । उपदेशक १२:१३-१४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति