यस संसारका सबै थोक परमेश्वरको इच्छाबमोजिम सृजिएका हुन् ।
परमेश्वरले सबै जीवित प्राणीहरूलाई आमाद्वारा मात्र जीवन पाउन
सक्ने गरी सृष्टि गर्नुभयो । यो नै मानव-जातिलाई अनन्त जीवन दिनुहुने
स्वर्गीय माताको अस्तित्व थाहा दिने परमेश्वरको महान् इच्छा हो ।
नरचाहिँ नर स्वरूपका पिता परमेश्वरको स्वरूपमा सृष्टि गरियो,
र नारीचाहिँ नारी स्वरूपकी माता परमेश्वरको स्वरूपमा सृष्टि गरियो ।
मानिसहरूले हजारौँ वर्षदेखि नर स्वरूपका परमेश्वरलाई ‘पिता’ भनेर
पुकार्दैआएका छन् । त्यसैले बाइबलले गवाही दिएको माता परमेश्वरलाई
पनि हामीले महसुस गर्दै ग्रहण गर्नुपर्छ । यो नै स्वर्गतर्फ डोऱ्याउन सक्ने बुद्धि हो ।
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । ...
हामी कमारीका होइनौं, तर स्वतन्त्र स्त्रीका सन्तान हौं ।
गलाती ४:२६-३१
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति