मानिसहरू शरीरमा भएकाले तिनीहरूले आत्मिक संसारलाई देख्न सक्दैनन् ।
तिनीहरूले जीवनमा सामना गरेका विभिन्न समस्याहरूलाई
समाधान गर्नको निम्ति मात्र परमेश्वरलाई खोज्ने गर्छन् ।
तर अबचाहिँ हामीले हाम्रो वास्तविक स्वरूप पुनर्स्थापना गरिदिनुभएर
हामीलाई अनन्त स्वर्ग-राज्यमा डोऱ्याउने प्रतिज्ञा गर्नुभएका
परमेश्वरको आज्ञा पालन गर्ने विश्वासको जीवन जिउनुपर्छ ।
परमेश्वरको मण्डलीचाहिँ प्रेरितहरू र अगमवक्ताहरूको
जगमाथि निर्माण भएको साँचो मण्डली हो । सन्तहरूले
यो पवित्र आत्माको युगमा येशूज्यूको नयाँ नाउँ लिएर आउनुभएका
ख्रीष्ट आन साङ होङज्यूको नाउँमा प्रार्थना गर्दछन्
र ख्रीष्ट आन साङ होङज्यूले गवाही दिनुभएकी
यरूशलेम माता परमेश्वरलाई विश्वास गर्दछन् ।
जसले जित्छ, त्यसलाई म मेरा परमेश्वरका मन्दिरको एउटा स्तम्भ बनाउनेछु, र ऊ त्यहाँबाट कहिल्यै बाहिर निस्कनेछैन । म त्यसमा मेरा परमेश्वरको नाउँ लेख्नेछु, र मेरा परमेश्वरका सहरको नाउँ, अर्थात् यरूशलेम लेख्नेछु, जो मेरा परमेश्वरबाट स्वर्गदेखि तल आउँदछ । आफ्नै नयाँ नाउँ पनि म त्यसमा लेख्नेछु ।
[प्रकाश ३:१२]
यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्तहरूसँग तिमीहरू सङ्गी-नागरिक र परमेश्वरको परिवारका सदस्यहरू भएका छौ । त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रीष्ट येशू आफैचाहिँ मुख्य कुने-ढुङ्गो हुनुहुन्छ ।
[एफिसी २:१९-२०]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति