संसारका असङ्ख्य मण्डलीहरूले आफ्नै सिद्धान्त सही छ भनेर जिद्दी गर्छन् । तीमध्ये परमेश्वरको राज्यको उत्तराधिकार प्राप्त गर्न सक्ने साँचो मण्डली कुन होला ? हामीले अब्राहामको परिवारको इतिहासद्वारा यसको उत्तर पत्ता लगाउन सक्छौं, त्यो नै माता परमेश्वर रहनुहुने परमेश्वरको मण्डली हो ।
अब्राहामले पिता परमेश्वरलाई सङ्केत गर्छन् अब्राहामको परिवारमा उत्तराधिकार पाउनको निम्ति तीन जना उम्मेदवारहरू थिए । पहिलो दास एलीएजर, दोस्रो इश्माएल, र तेस्रोचाहिँ इसहाक हुन् । जेठो छोरो इश्माएलको सट्टा कान्छो छोरो इसहाकचाहिँ अब्राहामको उत्तराधिकारी बन्न सक्नुको कारण नै तिनकी आमा स्वतन्त्र स्त्री, सारा भएकीले थियो ।
अब्राहामको परिवारले स्वर्गको प्रणालीलाई जनाउँछ । हिजोआज धेरै मण्डलीहरू भए तापनि, स्वतन्त्र स्त्री हुनुभएकी माता परमेश्वरलाई विश्वास गर्दै उहाँलाई पछ्याउने मण्डली मात्र इसहाकजस्तै परमेश्वरको उत्तराधिकारी हुन सक्छ ।
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । गलाती ४:२६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति