हाम्रो शरीरचाहिँ परमेश्वरले आफ्नै रगतद्वारा किन्नुभएको परमेश्वरको मन्दिर हो, तसर्थ हामीहरू उजाड-स्थानको यात्रा समाप्त हुनै लाग्दा शैतानको छलमा परेर व्यभिचारमा फसेका इस्राएलीहरूजस्तो वा भोकका कारण आफ्नो ज्येष्ठाधिकार बेचेका एसावजस्तो हुनुहुँदैन । हामीले दुष्ट र व्यभिचारी जीवन होइनकि, परमेश्वरलाई पछ्याउने धार्मिक जीवन जिउनुपर्छ ।
यो संसार पाप र व्यभिचारले व्याप्त हुँदा परमेश्वरले त्यसको इन्साफ गर्नुहुन्छ । जसरी परमेश्वरले नोआका दिनहरूमा पानीद्वारा, सदोम र गमोराका दिनहरूमा आगोद्वारा त्यस दुष्ट पुस्ताको इ न्साफ गर्नुभयो, त्यसरी नै यो दुष्ट र व्यभिचारी पुस्ताले पनि आगोद्वारा इन्साफ पाउनेछ भनेर परमेश्वरले अगमवक्ताहरूद्वारा अगमवाणी गर्नुभयो, अनि आफ्ना सन्तानहरूलाई पवित्र र भक्तिपूर्ण जीवन जिउन सिकाउनुभयो ।
त्यही पानीबाट त्यस समयको संसार जलप्रलयमा डुबेर नष्ट भयो । तर त्यही वचनले भक्तिहीन मानिसको इन्साफ र विनाशका दिनसम्मको लागि अहिलेको आकाश र पृथ्वी आगोको निम्ति साँचिराखिएका छन् । पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्ता किसिमका मानिस हुनुपर्छ ? तिमीहरू परमेश्वरको दिन प्रतीक्षा गर्दछौ, र त्यस दिनलाई नजिक ल्याउन चाहन्छौ, २ पत्रुस ३:६-१२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति