दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले हामीलाई बाइबल परमेश्वरको विषयमा गवाही दिने पुस्तक हो भन्ने कुरा जानकारी दिनुभएको छ ।
“... हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ ...” मत्ती ६:९
येशूज्यूले हामीलाई पिता परमेश्वरको अस्तित्वबारे जानकारी दिनुभएको छ । प्रेरित पावलले चाहिँ माता परमेश्वर पनि हुनुहुन्छ भन्ने विषयमा जानकारी दिएका छन् ।
“तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन्” गला ४:२६
परमेश्वरले यो पृथ्वीको सिद्धान्तद्वारा पनि हामीलाई माता परमेश्वरको अस्तित्वबारे जानकारी दिनुभएको छ । मीठो सुगन्ध छर्ने रङ्गीचङ्गी सुन्दर फूलहरू, आकाशतिर सीधा खडा हुने हरिया वृक्षहरू, जङ्गलको राजा सिंह, आकाशको राजा चील, समुद्रको फेसन मोडेल रहेको ट्रपिकल माछा अनि प्यारो शिशु ... सबैले आफ्नो आमाबाट जीवन पाउँछन् ।
त्यसोभए, आत्मिक जीवनचाहिँ कसले दिनुहुन्छ होला ? सम्पूर्ण जीवित प्राणीहरूले आमाद्वारा जीवन पाएजस्तै आत्मिक जीवन पनि माता परमेश्वरले दिनुहुन्छ ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् प्रका २२:१७
दोस्रो आगमनका खीष्ट आन साङ होङज्यूले स्थापना गर्नुभएको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति