जसरी यो संसारमा जिउन हामीलाई विभिन्न किसिमका लाइसेन्स र प्रमाण-पत्रहरूको जरूरत पर्छ,
त्यसै गरी स्वर्ग प्रवेश गर्नलाई पनि स्वर्गको नागरिकताको जरूरत पर्छ ।
बाइबलमा स्वर्ग प्रवेश गर्ने योग्यताको शर्त नै नयाँ करार निस्तार-चाड हो भनिएको छ ।
जसरी हामी दृश्य संसारलाई विश्वास गर्छौं, त्यसै गरी
हामीले अदृश्य स्वर्गीय संसारलाई पनि विश्वास गर्नुपर्छ ।
जीवनमा एक चोटि पनि अनुभव नगरेको भए पनि नोआले
जलप्रलयद्वारा संसार विनाश हुनेछ भन्ने परमेश्वरको वचनलाई विश्वास गरे,
अनि सुरुको मण्डलीका सन्तहरूले सतावटको बाबजुद पनि स्वर्गप्रतिको आशा कहिल्यै गुमाएनन् ।
यो युगमा पवित्र आत्मा र दुलहीको रूपमा आउनुभएका आन साङ होङ परमेश्वर
र माता परमेश्वरलाई विश्वास गरेर उहाँहरूले मान भनेर आज्ञा गर्नुभएको
नयाँ करार निस्तार-चाड मानेमा, प्रेरित पावलजस्तै हामीले पनि
नयाँ करारद्वारा स्वर्गको नागरिकता प्राप्त गर्न सक्नेछौं ।
अब विश्वासचाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ भरोसा हो ।
किनकि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो ।
... विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ ... [हिब्रू ११:१-६]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति