अन्य मण्डलीहरूले “हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्नेछ” (प्रका १:७) भन्ने अगमवाणीलाई गलत तरिकाले अर्थ लगाउँदै, दोस्रो आगमनका येशूज्यू सबै मानिसहरूले देख्न सक्ने गरी
अलौकिक घटनाद्वारा आउनुहुनेछ भनेर सोच्ने गर्छन् ।
परमेश्वरको पहिलो आगमनमा उहाँको महिमा सबै मानव-जातिले देख्नेछन् भन्ने
यशैया ४०:५को अगमवाणीले पृथ्वीका सबैले उहाँलाई देख्नेछन् भन्ने कुरालाई जनाउँदैन ।
त्योजस्तै, “हरेक आँखाले उहाँलाई देख्नेछ” भन्ने प्रकाश १:७को अगमवाणीले
पृथ्वीका सबैले उहाँलाई देख्नेछन् भन्ने कुरालाई जनाउँदैन ।
जो कोहीले पनि उहाँलाई देख्न सकून् भनेर उहाँ शरीरमा आउनुहुनेछ भन्ने त्यसको अर्थ हो ।
बाइबललाई इच्छाअनुसार व्याख्या गर्दै जबरजस्ती विकृत पार्ने तिनीहरूको जिद्दीले
ख्रीष्ट पहिलो आगमनको समयमा मुक्तिदाताको रूपमा आउनुहुँदा इन्कार गरेकाहरूले भोगेजस्तै विनाशको परिणाम ल्याउनेछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति