आदम र हव्वाले असल र खराबको ज्ञान दिने रूखको फल खाएर मर्न पुगेका कुरा, अनि येशूज्यूको दायाँपट्टिको डाँकूले मुक्ति पाएको कुरा, अनि दुई अन्धा मानिसहरूले दृष्टि पाएका कुरा, अनि १२ वर्षदेखि रगत बग्ने रोग लागेकी स्त्री निको भएको कुरा, अनि निस्तार-चाडको रोटी र दाखमद्यमा सहभागी भएर येशूज्यूको देह खाने र रगत पिउने जो कोहीले पनि अनन्त जीवनको उपहार पाउने कुराद्वारा हामीहरू परमेश्वरको वचनको शक्ति देख्न सक्छौं ।
पुत्रको युगमा, छाप्रो-वासको चाडको अन्तिम र महान् दिनमा येशूज्यूकहाँ आउनेहरूलाई येशूज्यू एकलैले जीवनको पानी दिनुभयो । यस पवित्र आत्माको युगमा पवित्र आत्मा र दुलहीको रूपमा आउनुभएका ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरकहाँ आउनेहरूले जीवनको पानी अर्थात् पवित्र आत्मा पाउनेछन् । तिनीहरू नै परमेश्वरको वचनको शक्तिद्वारा सबै कार्य पूरा गर्न सक्नेहरू हुन् ।
अब चाडको पछिल्लो दिन, अर्थात् चाडको प्रमुख दिनमा, उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, “यदि कोही तिर्खायो भने त्यो मकहाँ आओस् र पिओस् । जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार ‘त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कनेछन्’ ।” तर यो कुरो उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जुन पवित्र आत्मा उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए । किनकि पवित्र आत्मा अहिलेसम्म दिइएको थिएन, किनभने येशूको महिमा अझसम्म भएको थिएन ।
यूहन्ना ७:३७-३९
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लेओस् ।
प्रकाश २२:१७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति