अमेरिकी गृहयुद्धको समयमा अब्राहाम लिङ्कनले
सेनाहरूलाई सिकाएको कुराजस्तै हामीले पनि “मेरो पक्षमा
रहिदिनुहोस्” भनेर परमेश्वरलाई प्रार्थना गऱ्यौं भने
हामी सही मार्गमा छौं कि गलत मार्गमा छौं भन्ने कुरा
जान्न सक्दैनौं । तसर्थ मुक्ति पाउनको निम्ति
हामीले “सधैँ परमेश्वरको पक्षमा रहने गराइदिनुहोस्” भनेर
प्रार्थना गर्न अत्यावश्यक छ ।
८५० जना झूटा अगमवक्ताहरूको सामना गरेका एलिया,
सुनको मूर्तिलाई दण्डवत् नगरेका दानिएलका तीन साथीहरू,
विश्वासको पुर्खा बनेका अब्राहाम, धार्मिकताका उत्तराधिकारी
कहलिएका नोआ, यी व्यक्तिहरू सधैँ परमेश्वरको पक्षमा
रहेका थिए । योजस्तै पवित्र आत्माको युगमा
आन साङ होङ परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्ने
परमेश्वरको मण्डलीका सन्तहरू पनि विश्वासको मार्गमा आइपर्ने
सबै अवस्थाहरूमा परमेश्वरको पक्षमा रहनको निम्ति प्रार्थना गर्दछन् ।
यसकारण तिमीहरू प्रिय बालकहरूझैँ
परमेश्वरको देखासिकी गर्नेहरू होओ ।
तिमीहरू प्रेममा चल, जसरी ख्रीष्टले पनि
हामीहरूसँग प्रेम गर्नुभयो, ...
[एफिसी ५:१-२]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति