हिजोआज परमेश्वरको मण्डलीमा वार्षिक रूपमा मनाइने प्रायश्चितको दिनचाहिँ इस्राएलीहरूको ४० वर्षे उजाड-स्थानको जीवनबाट सुरु भएको हो । परमेश्वरले प्रायश्चितको दिनद्वारा मानव-जातिलाई पाप-क्षमा र मुक्तिको मार्ग थाहा दिनुभएको छ ।
मोशाले दश आज्ञा लिनलाई सीनै पर्वतमा उक्लेर चालीस दिन उपवास बसेको समयमा सुनको बाछाको मूर्तिलाई पुजेका इस्राएलीहरूलाई, परमेश्वरले क्षमा गरिदिनुभएको दिन नै प्रायश्चितको दिन हो । परमेश्वरले पाप-क्षमा गरिदिनुभयो भन्ने अर्थमा इस्राएलीहरूलाई दोस्रो पल्ट दश आज्ञा दिनुभएको दिन नै प्रायश्चितको दिन हो ।
सामान्य दिनहरूमा, इस्राएलीहरूका सबै पापहरू एक वर्षसम्म पवित्रस्थानमा राखिन्थ्यो । अनि प्रायश्चितको दिनमा, प्रधान पूजाहारीले छाडा छोडिने बोकामा हात राखेपछि पापहरू त्यसमाथि सारिन्थ्यो र छाडा छोडिने बोकालाई उजाड-स्थानमा पठाइन्थ्यो । त्यो छाडा छोडिने बोका मऱ्यो भने अन्ततः इस्राएलीहरूका सबै पापहरू क्षमा हुन्थ्यो ।
त्यसै गरी, पवित्रस्थानको वास्तविकता हुनुभएका पिता परमेश्वर र माता परमेश्वरले मानव-जातिको सम्पूर्ण पाप र कष्टहरू सट्टामा बोकिदिनुहुन्छ । प्रायश्चितको दिनमा उहाँहरूले ती सबै पापहरू शैतानमा सारिदिनुहुन्छ, तब शैतान नरकको दण्डमा प्रवेश गर्छ ।
तिनीहरूलाई बहकाउने त्यो दियाबलस आगो र गन्धकको कुण्डमा फालियो, जहाँ त्यो पशु र झूटो अगमवक्ता पनि थिए । त्यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्नेछन् । प्रकाश २०:१०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति