मोशाले स्वर्गीय पवित्रस्थानको नकलको रूपमा बनाएको पवित्रस्थान र पर्दाले येशू ख्रीष्टलाई जनाउँछ,
र महा-पवित्रस्थानले स्वर्गीय यरूशलेम मातालाई जनाउँछ ।
पवित्रस्थानद्वारा, परमेश्वरले हामीलाई पिता परमेश्वर र माता परमेश्वरबारे महसुस गराउनुभयो ।
मन्दिरबाट बगिनिस्केको जीवनको पानीद्वारा मानव-जातिले जीवन पाउन सक्छन् भनेर
अगमवक्ताहरूले गवाही दिए । करीब २,००० वर्षअघि मन्दिर अर्थात् येशूज्यू छाप्रो-वासको चाडको
अन्तिम दिनमा जीवनको पानी लेओ भनेर कराउनुभयो । पवित्र आत्माको युगमा, पवित्रस्थान र महा-पवित्रस्थानको वास्तविकता हुनुभएका पवित्र आत्मा र दुलहीले यस पृथ्वीमा आउनुभएर जीवनको पानीद्वारा मानव-जातिलाई
मुक्ति दिनुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।
तब यहूदीहरूले भने, “यस मन्दिरलाई निर्माण गर्न छयालीस वर्ष लाग्यो, र के तपाईं यसलाई तीन दिनमा
खड़ा गर्न सक्नुहुन्छ र ?” तर जुन मन्दिरको विषयमा उहाँ बोल्नुभएको थियो, त्यो उहाँको शरीर थियो ।
यूहन्ना २:२०-२१
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।”
जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।
प्रकाश २२:१७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति