“मरुभूमिमा सुनको पोखरीभन्दा चिसो पानीको मुहान नै बहुमूल्य हुन्छ, अनि हराएको भेडाको निम्ति धनी राजाभन्दा गोठालो नै महान् हुन्छ” भन्ने भनाइजस्तै, यस पृथ्वीका बहुमूल्य कुराहरू र स्वर्गका बहुमूल्य कुराहरूबीच ठूलो भिन्नता छ । संसारका धेरै मानिसहरूले मूल्यवान् ठान्ने धन-सम्पत्ति, मान र शक्तिको स्वर्ग-राज्यमा कुनै मूल्य हुँदैन । त्यसैकारण सुरुको मण्डलीका सन्तहरू सतावटको बाबजुद स्वर्गको निम्ति जिए ।
परमेश्वरको वचन पालन गर्ने कार्य नै परमेश्वरको राज्यमा सबैभन्दा मूल्यवान् कार्य हो । परमेश्वरको मण्डलीका सन्तहरूले स्वर्ग-राज्यमा राजा भएर सदासर्वदा राज्य गर्नेछन्, आकाशका ताराहरूजस्तै चम्कनेछन् भन्ने परमेश्वरको वचनमा विश्वास गर्दै, नयाँ करारको सत्यताद्वारा, हराएका एक आत्मा भए पनि खोज्छन् ।
प्रतिज्ञा गरिएको कुरा प्राप्त नगरी यिनीहरू सबै विश्वासैमा मरे, तर टाढ़ैबाट त्यसलाई देखेर स्वागत गरी तिनीहरूले मानिलिए, कि तिनीहरू यस पृथ्वीमा परदेशी र प्रवासी थिए । हिब्रू ११:१३
बुद्धिमान्हरू आकाशको चमकजस्तै र धेरैलाई धार्मिकतामा डोऱ्याउनेहरूचाहिँ ताराहरूजस्तै सदासर्वदै चम्किरहनेछन् । दानिएल १२:३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति