सम्पूर्ण मानवजातिले आफ्नो शारीरिक जन्मपछि परमेश्वरलाई भेट्नुपर्छ, अनि गनगन र गुनासोजस्ता नकारात्मक कुराहरूलाई त्यागेर स्वर्ग-राज्य प्रवेश गर्नको निम्ति एक-अर्काको हेरचाह गर्ने, एक-अर्कालाई समर्थन र प्रोत्साहन दिने मानिसको रूपमा नयाँ गरी जन्मनुपर्छ भनेर परमेश्वरले भन्नुभएको छ ।
परमेश्वरको वचनमा मात्र भरोसा गर्दै कनान देशमाथि विजय हासिल गरेका यहोशू र कालेब, अनि कष्टको समयमा पनि गनगन नगरी परमेश्वर साथमा हुनुहुन्छ भन्ने कुरामा विश्वस्त भएका योसेफजस्तै, परमेश्वरको मण्डलीका सन्तहरू पनि आन साङ होङज्यू र माता परमेश्वरलाई मुक्तिदाताको रूपमा विश्वास गर्छन्, अनि नयाँ गरी जन्मनु भन्ने वचनलाई व्यवहारमा लागू गर्दै प्रशस्त आशिष् प्राप्त गर्छन् ।
येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन ।” यूहन्ना ३:३
किनभने म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता शास्त्री र फरिसीहरूको भन्दा बढ़ी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ । मत्ती ५:२०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति