परमेश्वरले गिदोनका सेनाहरूलाई चुन्नुहुँदा,
डरले काँप्नेहरूलाई इन्कार गर्नुभयो ।
उहाँले यहोशूका सेनाहरूलाई लगातार नडराउन भन्नुभयो ।
योद्वारा जान्न सकिन्छ, कि सबैभन्दा
महत्त्वपूर्ण कुरा भनेकै परमेश्वरको प्रतिज्ञालाई
विश्वास गरेर साहसपूर्वक अगि बढ्नु हो ।
परमेश्वरको प्रतिज्ञालाई विश्वास नगरी
नराम्रो खबर फैलाउँदै कनानबारे गनगन गरेका
इस्राएलीहरूजस्तै, मानिस र वातावरणको डर मान्दै
हामीहरू हिचकिचायौं भने स्वर्गीय कनान
कदापि प्रवेश गर्न सक्नेछैनौं ।
सधैँ आन साङ होङज्यू र माता परमेश्वरको
आशिष्को प्रतिज्ञामाथि विश्वास गर्दै
स्वर्ग-राज्यको सुसमाचार प्रचार गर्दा
सारा संसारै चकित पर्ने गरी सुसमाचारको
आश्चर्यजनक कार्य पूरा हुनेछ ।
“व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्,
तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू अनि त्यसमा
लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू,
र तेरा सबै मार्गहरूमा तैंले उन्नति गर्नेछस् र
सफलता पाउनेछस् । तँलाई मेरो आज्ञा छ
बलियो र खूबै साहसी हो, नडरा, निराश नहो,
किनकि तँ जहाँ गए पनि, परमप्रभु
तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ ।”
यहोशू १:८-९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति