आदिदेखि अन्तसम्मका सबै कुराहरूलाई हेर्नुहुने परमेश्वरले सारा संसारलाई प्रहार गरेको
अभूतपूर्व भाइरस, असामान्य जलवायु जस्ता घटनाहरूमार्फत बाइबलमा अगमवाणी गरिएको
इन्साफको दिन नजिक आएको कुराप्रति आफ्ना सन्तानहरूलाई जागृत गराउनुभएको छ,
अनि अहिलेको समय भनेको निद्राबाट ब्यूँझिएर विश्वासको तेल तयार गर्ने
समय हो भनेर जानकारी दिनुभएको छ ।
परमेश्वरको मण्डलीका सन्तहरू वर्तमान समयमा विपत्तिहरू झर्नुको कारण र
त्यसपछि आउने इन्साफको दिनमा उद्धार पाउने तरिका जान्दछन्, जुन आन साङ होङज्यू
र माता परमेश्वरले बाइबलको अगमवाणीद्वारा थाहा दिनुभएको छ ।
उनीहरू परमेश्वरको वचनमा आज्ञाकारी हुँदै पश्चात्तापी जीवन जिई स्वर्गतर्फ अगाडि बढिरहेका छन् ।
“तिमीहरूले जब युद्धहरू र खैलाबैलाका कुराहरू सुन्नेछौ तब भयभीत नहोओ,
किनभने पहिले यी घटनाहरू हुनैपर्छ, तर अन्त्यचाहिँ तुरुन्तै हुनेछैन ।”
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “राष्ट्र, राष्ट्रका विरुद्धमा, र राज्य, राज्यको विरुद्धमा उठ्नेछ ।
भयङ्कर भूकम्पहरू हुनेछन् । विभिन्न ठाउँहरूमा अनिकाल र महामारी हुनेछन् ...”
[लूका २१:९-११]
“आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि हुन आउनेसम्मको जानकारी म दिन्छु ।
म भन्छु: मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु ।”
[यशैया ४६:१०]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति