हामी सबैले आफ्नो जीवनमा विभिन्न कठिन परिस्थितिहरूको सामना गर्छौं ।
यस्तो सङ्कटको घडीमा, पिताको युगका विश्वासका पुर्खाहरूले
यहोवा परमेश्वरलाई पुकारेर मुक्ति पाए । पुत्रको युगका सन्तहरूले
येशू ख्रीष्टको नाउँ पुकारेर मुक्ति पाए, अनि पवित्र आत्माको युगमा
हामीले मुक्ति पाउन ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरलाई पुकार्नुपर्छ ।
परमेश्वरले उहाँको नाउँ जान्नेहरू नै उहाँको साँचो प्रजा हुन् भनेर भन्नुभयो,
अनि उहाँले हामीलाई पिता, पुत्र र पवित्र आत्माको नाउँमा मुक्तितर्फको
पहिलो पाइला रहेको बप्तिस्मा लिन आज्ञा गर्नुभयो ।
हिजोआज परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमा मात्र
मुक्ति र पाप-क्षमाको प्रतिज्ञा समाहित पवित्र आत्माको नाउँ,
आन साङ होङज्यूको नाउँमा बप्तिस्मा दिइन्छ ।
किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ :
... “यसैकारण मेरो प्रजाले मेरो नाउँ जान्नेछ ।
तिनीहरूले त्यो दिन जान्नेछन् कि
अघि देखि भन्ने मै हुँ । हो, त्यो म नै हुँ ।”
यशैया ५२:४-६
जसले जित्छ, त्यसलाई म मेरा परमेश्वरका मन्दिरको
एउटा स्तम्भ बनाउनेछु ... म त्यसमा मेरा परमेश्वरको नाउँ लेख्नेछु,
र मेरा परमेश्वरका सहरको नाउँ, अर्थात् यरूशलेम लेख्नेछु ...
प्रकाश ३:१२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति