मानिसको आज्ञा मानेर पशुको पक्षमा रह्यौं भने
हामीले नरकको दण्डतर्फ डोऱ्याउने पशुको छाप पाउनेछौं ।
तर बाइबलको शिक्षाअनुसार येशूज्यूको नयाँ नाउँ,
आन साङ होङज्यू र नयाँ यरूशलेम स्वर्गीय मातामाथि
दृढ विश्वास राख्यौं भने हामीले
परमेश्वरबाट मुक्तिको छाप प्राप्त गर्नेछौं ।
परमेश्वरले उहाँको भय मान्ने सन्ताहरूलाई
अन्तिम विपत्तिबाट बचाउनुभएर सूर्योदय हुने
पूर्वको पल्लो छेउको देश,
गणतन्त्र कोरियाबाट सुरु गरेर निस्तार-चाड
र परमेश्वरका आज्ञाहरूद्वारा उहाँका सन्तानहरूको
निधारमा छाप लगाउनुहुने परमेश्वरको महान् कार्यको
विषयमा बाइबलमा अगमवाणी गरिएको छ ।
समुद्रबाट एउटा पशु निस्किआएको मैले देखें,
... त्यस अजिङ्गरले त्यस पशुलाई आफ्नो शक्ति,
आफ्नो सिंहासन र ठूलो अधिकार दियो ।
... अनि त्यसले ... सबैलाई तिनीहरूका
दाहिने हात वा निधारमा छाप लगाउन लायो ।
त्यो छाप नभईकन कसैले पनि
किनमेल गर्न नपाउने भयो ।
त्यो छापचाहिँ त्यस पशुको नाउँ
वा त्यसका नाउँको संख्या हो ।
प्रकाश १३:१-१७
तब जीवित परमेश्वरको मोहोर साथमा लिई
अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें ।
पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने अख्तियार दिइराखेका
चार स्वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने,
“हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा
मोहोर नलाउञ्जेल पृथ्वी, समुद्र
वा रूखहरूलाई केही हानि नगर ।”
प्रकाश ७:२-३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति