बाइबलमा मानवजातिले बप्तिस्माद्वारा विगतका सबै अधर्म र पापमय स्वभावहरू पखालेर धार्मिक कार्यद्वारा नयाँ गरी जन्मिएपछि, दुलही अर्थात् स्वर्गीय माताको सुन्दर मलमलको वस्त्र भएर उनीहरूले स्वर्ग-राज्यमा राजकीय पूजाहारीको रूपमा अनन्त महिमा उपभोग गर्नेछन् भनेर अगमवाणी गरिएको छ ।
स्वर्गमा राजकीय पूजाहारी बन्नको निम्ति प्रत्येकले बाइबलद्वारा परमेश्वरका शिक्षाहरू ग्रहण गर्नुपर्छ । परमेश्वरको मण्डलीका सन्तहरूले शबाथ-दिन र निस्तार-चाड मान्ने मात्र होइनकि, “एकतामा रहो, एक-अर्कालाई प्रेम गर र नयाँ स्वभाव धारण गर” भन्नुहुने आन साङ होङज्यूको शिक्षालाई हृदयमा खोपेर असल कार्यद्वारा विश्वमा परमेश्वरको महिमा प्रकट गर्दै ती शिक्षालाई व्यवहारमा लागू गर्छन् ।
“हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो ।” चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन् । प्रकाश १९:७
“किनभने म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता शास्त्री र फरिसीहरूको भन्दा बढ़ी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ ।” मत्ती ५:२०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति