‘अगौटे फलको चाड’ भनेको शबाथको भोलिपल्ट बालीको पहिलो उब्जनीको
एक बिटा डोलाएर चढाइने पुरानो करारको चाड हो ।
नयाँ करारमा आएर यो चाड सुतिजानेहरूमध्येमा प्रथम फलको रूपमा पुनरुत्थान हुनुभएका
येशूज्यूको सम्झना गर्ने पुनरुत्थानको चाडमा परिवर्तन भयो ।
येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभएपछि सुरुको मण्डलीका चेलाहरू
ठूलो झट्का लागेर शोकमा डुबे,
तर येशूज्यूको पुनरुत्थानद्वारा तिनीहरूले
पुनः विश्वास र पवित्र आत्माको शक्ति प्राप्त गरे ।
यसरी येशूज्यूले सम्पूर्ण मानव-जातिलाई
पुनरुत्थानको जीवित आशा प्रदान गर्नुभयो ।
कठिनपूर्ण जीवनको बाबजुद विश्वासीहरू हाँस्न सक्नुको कारणचाहिँ
मृत्युको बन्दी भएका मानव-जातिलाई येशूज्यूको पुनरुत्थानद्वारा मुक्तिको आशा
र भविष्यमा स्वर्गदूतको स्वरूपमा परिवर्तन भई स्वर्ग जान सकिने
दृढ विश्वास प्राप्त भएकोले हो ।
“हेर, म तिमीहरूलाई एउटा रहस्य भन्दछु, हामी सबै सुत्दैनौं,
तर हामी सबैको परिवर्तन हुनेछ ...”
[१ कोरिन्थी १५:५१]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति