परमेश्वरले मोशालाई दोस्रो पल्ट पाएको दश आज्ञाको शिला-पाटी राख्नलाई पवित्रस्थान निर्माण गर्न आज्ञा गर्नुभयो । पहिलो पल्ट पाएको शिला-पाटी नष्ट गरिने परिणाम निम्त्याएका मानिसहरूले आफ्ना सबै पापहरूप्रति पश्चात्ताप गरे, अनि स्वेच्छाले मन्दिर निर्माणका सामग्रीहरू ल्याए । यो नै छाप्रो-वासको चाडको उत्पत्ति बन्यो । त्यसपछि उनीहरूले मन्दिरको चोक रछानाहरूमा विभिन्न किसिमका रूखका हाँगाहरूको प्रयोगद्वारा झुप्रोहरू बनाए ।
छाप्रो-वासको चाडचाहिँ ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले आफ्ना प्रजालाई एकसाथ भेला गर्नुहुने दिन हो । सबै पाप क्षमा गरिदिनुभएर बचाउनुभएका परमेश्वरलाई मानव-जातिले धन्यवाद चढाउनुपर्छ, अनि पाएको पवित्र आत्माको अन्तिम झरीद्वारा स्वर्गीय यरूशलेम मन्दिर निर्माणका सामग्रीहरू रहेका सबै स्वर्गीय परिवारहरू विश्वभरिबाट खोज्नुपर्छ ।
यसकारण सर्वशक्तिमान् परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “ती मानिसहरूले यस्ता कुरा भनेका हुनाले, म मेरो वचन तेरो मुखमा आगो र यी मानिसहरूलाईचाहिँ भस्म हुने दाउरा तुल्याउनेछु ।”
यर्मिया ५:१४
उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दैजान्छ । अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्छौ ।
एफिसी २:२१-२२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति