सारा संसारले क्रिसमसलाई येशूज्यूको जन्मदिनको रूपमा मनाइरहेको छ । तर बाइबलमा येशूज्यू जन्मनुभएको मिति उल्लेख गरिएको छैन । केवल भेडाको रखवाली गर्नेहरूले येशूज्यूलाई दण्डवत् गरे भनेर लेखिएको छ ।(लूक २:८)
चिसो हिउँदमा त राती भेडाहरूको रखवाली गर्न पनि असम्भव हुन्छ । के साँच्चै येशूज्यू डिसेम्बर २५मा जन्मनुभएको थियो होला र ? सुरुका ख्रीष्टियानहरूले येशूज्यूको जन्मदिन मनाएका थिएनन् । त्यसोभए यो क्रिसमस कहाँबाट उत्पन्न भएको होला ? डिसेम्बर २५, क्रिसमस ...
“डिसेम्बर २५चाहिँ येशूज्यूको जन्मदिन होइनकि सूर्यको जन्मदिन हो । क्रिसमसचाहिँ प्राचिन अन्यजातिहरूको सूर्यको चाडबाट उत्पत्ति भएको हो ।”[Encyclopedia Britannica]
‘हँ ? क्रिसमस प्राचिन अन्यजातिहरूको सूर्यको चाडबाट उत्पत्ति भएको रे ?’
“प्राचिन रोममा डिसेम्बर १७ देखि २४ तारिखसम्म मनाइने स्याटरनालीआ भन्ने चाड थियो ।” [History of Christian church]
“यो चाडमा मानिसहरू धन-सम्पत्ति र सामाजिक प्रतिष्ठाको परवाह नगरी मोजमज्जामा लिप्त हुन्थे ।” [History of Christian church]
‘होइन ! कसरी यस्तो हुन सक्छ र !!! डिसेम्बर २५ क्रिसमस, येशूज्यूको जन्मदिन होइन !!!’
“डिसेम्बर २५, दिन लम्बिन शुरू हुने यो दिन, सूर्य-देवता ‘मिथ्रा’को जन्मदिन थियो ।” [Encyclopedia Britannica]
‘सूर्य-देवता मिथ्रा’प्रतिको विश्वास तोडेको निहुँमा रोमन क्याथोलिकले ‘सूर्य-देवताको जन्मदिन’लाई येशूज्यूको जन्मदिनको रूपमा परिवर्तन गरेर चाडको आनन्द मनाए । [The Golden Bough by James G. Frazer]
“क्रिसमस ट्री, अन्यजातिको वृक्षपूजाबाट उत्पत्ति भएको हो ।” [Encyclopedia Britannica]
“रातो सुट लगाएको र सेतो दाह्रि भएको सान्टा क्लसको तस्वीरचाहिँ सन् १९३१मा कोका-कोलाको विज्ञापनबाट उत्पत्ति भएको हो ।” [Illustrated by Haddon Sundblom]
मण्डलीहरूलाई क्रिसमस येशूज्यूको जन्मदिन होइन भन्ने कुरा राम्ररी थाहा छ । तैपनि क्रिसमस येशूज्यूको जन्मदिन हो भनेर तिनीहरू अझै झूट बोलीरहेका छन् । ख्रीष्टियानहरू यो यथार्थताप्रति पूर्ण रूपमा अन्धो भएर जिइरहेका छन् ।
“क्रिसमस डिसेम्बर २५मा मान्न थालिएको चाहिँ सन् ३५४ पछि हो ।” [World Book Encyclopedia]
सन् ३५४ पछि ? येशूज्यू, चेलाहरू र प्रेरितहरू कसैले पनि क्रिसमस कहिल्यै मनाएका थिएनन् ।
“क्रिसमस परमेश्वरको आज्ञा पनि होइन र यो बाइबलमा आधारित पनि छैन ।” [Cyclopedia of Biblical, Theological and Ecclesiastical Literature]
तिनीहरूले सूर्य-देवताको जन्मदिनलाई येशूज्यूको जन्मदिनको रूपमा परिवर्तन गरे । यो साँच्चै डरलाग्दो कुरा हो !
बाइबलमा, मानिसले बनाएको आज्ञा पालन गर्नुचाहिँ परमेश्वरलाई व्यर्थमा उपासना गर्नु हो भनिएको छ । (मत्ती १५:९)
अन्यजातिको रीतिरिवाजअनुसार चल्दा इस्राएलीहरूले विनाश भोगेको त्यस्ता असंख्य इतिहासहरू बाइबलमा अभिलेख गरिएको छ (इज ११:८-१२)।
सीनैको उजाड-स्थानमा मूर्तिलाई पूजा गर्दै तिनीहरूले यहोवा परमेश्वरलाई पूजिरहेका छौं भन्ठनेका थिए । (प्रस ३२:१-६)
उत्तर इस्राएलका यारोबामले पनि आफ्नो इच्छाअनुसार तोकेको महिनामा चाड मानेर परमेश्वरको सेवा गरिरहेको दाबी गरेका थिए । (१ राज १२:२५-३३) तर मूर्तिपूजा गरेका तिनीहरू सबै जना नष्ट भए । त्यसै गरी येशूज्यूको सेवा गरेको दाबी गर्दै क्रिसमस मान्नु पनि मूर्तिपूजा हो, र मूर्तिपूजाको अन्तिम परिणाम भनेकै विनाश हो ।
दोस्रो आगमनका ख्रीष्ट, आन साङ होङज्यूले स्थापना गर्नुभएको परमेश्वरको मण्डलीले चाहिँ बाइबलमा अभिलेख नगरिएको सूर्य-देवताको जन्मदिन, क्रिसमस मनाउँदैन ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति