मोशा दोस्रो पल्ट दश आज्ञाको शिला-पाटी लिएर तल ओर्लिआएको दिनलाई परमेश्वरले
प्रायश्चितको दिनको रूपमा तोकिदिनुभयो । छाप्रो-वासको चाड नै इस्राएलीहरूले
दश आज्ञाको शिला-पाटी राख्नको निम्ति पवित्र वासस्थान निर्माण गरेको चाड थियो ।
३,५०० वर्षअघि देखिएजस्तै, परमेश्वरको मन्दिर निर्माणको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेकै
सहभागी हुन प्रेरित हुने मन र इच्छुक मन थियो । त्यस्ता मानिसहरूले मन्दिर निर्माणको निम्ति
प्रशस्त सामग्रीहरू अर्पण गरे ।
हिजोआज आन साङ होङज्यू र यरूशलेम स्वर्गीय माताकहाँ सारा संसार ओइरिएर
आइरहेको चाहिँ, परमेश्वरका प्रजालाई यरूशलेम मन्दिरका विभिन्न सामग्रीहरूको रूपमा
सङ्केत गरिएकोले गर्दा हो ।
पुरानो करारको समयमा छाप्रो-वासको चाडको निम्ति विभिन्न हाँगाहरू जम्मा गरिएजस्तै,
परमेश्वरका प्रजा विभिन्न किसिमका रूखहरूको रूपमा एकसाथ भेला भएर यरूशलेममा
आउनेछन् भनेर अगमवाणी गरिएको छ ।
जस-जसका हृदय प्रेरणाले भरिए र जसका मन इच्छुक भए, तिनीहरूले भेट हुने पालको काम,
त्यसका सबै सेवाका काम र पवित्र पोशाकको निम्ति परमप्रभुको लागि भेटी ल्याए ।
राजीखुशी मन भएका पुरुष र स्त्री दुवैले सबै किसिमका सुनका गहना ल्याए : ...
प्रस्थान ३५:२१-२२
त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रीष्ट येशू
आफैचाहिँ मुख्य कुने-ढुङ्गो हुनुहुन्छ । उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा
एउटै पवित्र मन्दिर हुनलाई बढ्दैजान्छ । अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई
तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्छौ ।
एफिसी २:२०-२२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति